गण्डकीमा जनमोर्चाका दुई सांसद तटस्थ बस्दा फेरि पनि पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री

1.3K
shares

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गएकी थिइन । उक्त समय सीमा आज दिउँसो ४:०० बजे सकिएको छ ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र प्रदेश सभा सदस्य खिम बिक्रम शाहीले पार्टीको ह्विप नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै कायम रहने भएका छन् । एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एक जना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् ।

त्यस्तै नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

civil hospital
Hams Hospitals