बुढानीलकण्ठबाटै अव नेपालको प्रधानमन्त्री को बन्ने भन्ने फैसला
वि.सं.२०७८ वैशाख ३० बिहीवार
shares
काठमाडौँ । बुढानीलकण्ठमा यति बेला दुई वार्ता चलिरहेका छन् जसले नेपालको प्रधानमन्त्रीको हुनेछ भनेर फैसला गर्ने छ । बुढानीलकण्ठ स्थित क्याप्टेन रामेश्वर थापाको घरमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बिच भेट वार्ता हुँदै छ । त्यहाँ माधवलाई आफू सँगै रोक्न सकेनन भने ओलीले प्रधानमन्त्री बाट बिदा लिनु पर्ने हुन्छ ।
अर्को वार्ता बुढानीलकण्ठमै नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बिच हुँदै छ । ओलीलाई जसरी भए पनि हटाउने मिसनमा केन्द्रित यो छलफलमा महन्त ठाकुरलाई कसरी फकाउने र माधव नेपाललाई कसरी मनाउने भन्ने अन्तिम रणनीति बनाउन खोजिएको छ ।
दुवै पक्ष आआफ्नो अन्तिम कसरतमा लागेका छन् । सम्भवतः बुढानीलकण्ठबाटै अव नेपालको प्रधानमन्त्री को बन्ने भन्ने फैसला हुने छ ।




























