Banner ad for NADA AUTO SHOW -2026

शिल्पा अभिनीत ‘प्रेम गीत २’ ट्रेलर

2.3K
shares

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल अभिनीत भोजपुरी चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शिल्पाले पर्याप्त स्क्रिन स्पेस पाएकी छन् ।

चलचित्रमा उनको जोडी भोजपुरी स्टार प्रदीप पाण्डेसँग बाँधिएको छ । उनीहरूको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । नेपालको पोखरा आसपास खिचिएको चलचित्र सोनु खत्रीले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप र शिल्पाका अलावा अमित सुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रञ्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय छ । सोनु खत्री स्वयंले चलचित्र निर्माण गरेका हुन् ।

हरि घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी, समीर मियाँको भिएफएक्स, रेनेश फागोको कलर, उमालाल यादवको शब्द रचना रहेको चलचित्रको कथा एवी मोहनको हो ।

civil hospital
Hams Hospitals