नेपाली कम्युनिष्ट आन्दोलनका पर्याय मानिने मदन कुमार भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर हुनु

2K
shares

नेपाली कम्युनिष्ट आन्दोलनका पर्याय मानिने मदन कुमार भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर हुनुहुन्थ्यो ।सोबियत संघ ढले पस्चात पुर्बी यूरोप सङै बिश्वका कयौं मुलुकहरुमा कम्युनिष्ट आन्दोलन को ब्रेक लागिरहेको अवस्थामा नेपालमा मार्क्सवादको व्यबहारिक प्रयोग गर्दै,बैचारिक ,सैद्धान्तिक र कार्यक्रमिक तवर बाट कम्युनिष्ट आन्दोलनको बलियो जग बनाउदै ,यसको बिकास मा पुर्याउनु भएको योगदान अतुलनीय थियो ।

आन्दोलनलाई सशक्त ढंगले आगाडी सार्न उपयुक्त लक्ष्य ,भावी कार्ययोजना र नारा तय गर्दै कष्टपुर्ण प्रतिकुलता का बाबजुद आन्दोलन लाई सार्थकता तर्फ धकेल्न यहाँले खेल्नु भएको भुमिका सम्मानयोग्य थियो ।निकै सरल, स्पष्ट ,तार्किक एबम बौद्धिक नेताको रुपमा स्थापित मदन भण्डारीको वाक कला साच्चै लोभलाग्दो नै थियो।

श्रमजिवि वर्ग को प्रतिनिधित्व गरेर आमूल परिवर्तन गर्ने महान सोच लिएर मार्क्सवादको सृजनात्मक प्रयोग गर्दै ,लेनिनको संगठनात्मक सिद्धातलाई आधार मान्दै नेपाली क्रान्तिको मौलिक सिद्धात जनताको बहुदलीय जनवाद (जबज) को बिचार अगाडी सारेर देशका सम्पुर्ण बामपंथी धार हरु लाई एकीकृत गर्ने महान संकल्प गर्नुभएको थियो।नेपाली कम्युनिष्ट आन्दोलन का उदाउँदो तारा नेपाल कम्युनिष्ट पार्टी (एमाले )का तत्कालीन महासचिव क. मदन कुमार भण्डारी आजकै दिन बि.स २०५० साल जेठ ३ गते चितवन को दासढुङ्गा मा आफ्नो अनन्य सहयोद्दा पार्टीको संगठन विभाग प्रमुख क.जिवराज आस्रित सङै रहस्यमय जिप दुर्घटनामा परि सदासदाको लागि अस्ताउनुभयो।

मदन कुमार भण्डारी को देहावसान पछि नेपाली कम्युनिष्ट आन्दोलन क्षतविक्षत भयो।मदन भण्डारीको निधन सङै नेपाली कम्युनिष्ट आन्दोलनले पनि बिस्तारै आफ्नो बाटो बिराएर ब्यक्तिगत खिचातानिमा रुमलिन पुग्यो ।महत्त्वपुर्ण परिवर्तनका कालखण्डमा अग्रणि स्थानमा रहेर कहिले हिंसात्मक त कहिले शान्तिपुर्ण ढंगले आन्दोलन को नेतृत्व गरेर भएको सुखद अवतरण बाट कम्युनिष्टहरुले प्राप्त गरेको जसलाई केबल आफ्नै फाइदामै केन्द्रित गर्न थाले।

बाहिरी शक्ति हरु ले फालेको गोटिमा फसेर आफ्नै पार्टीका नेताहरु अन्तरघात मै रमाउदै सृफ सत्ता र शक्ति कै लागि मात्रै केन्द्रित बन्न थाले।कम्युनिष्ट शक्ति हरु २०५० देखि अहिलेसम्म कयौं पटक विभाजन र एकीकरणका तिता मिठा श्रृङखलाहरु पार गर्दै गुज्रिदै आएको छ।बि.स २०७५ साल जेठ ३ गते फरक पृष्ठभुमिबाट आएको दुई बामपंथी पार्टीहरु नेकपा (एमाले )र माओवादी केन्द्र बीच भएको पार्टी एकता ३ बर्ष बित्न नपाउदै टुंगिएको छ।स्वार्थको लहठ मा भएको एकीकरण सत्ता र शक्तिको भागबन्डा नमिल्दा क्षतविक्षत भएर तुहिएको छ।

अवसरवादी मानसिकता बोकेर हिड्नेहरु को ताती बढ्न थाल्यो ,अवस्थ प्रतिस्पर्धा र गुटबन्दी ले पार्टी अनियंत्रित बन्दै आयो र अबपनि यहि खाले प्रवृत्ति हावी भैराख्ने हो भने ,पुस्पलाल श्रेष्ठ ले स्थापना गरेको पार्टी ,मदन भण्डारी ,जिवराज आस्रित ,मनमोहन अधिकारी सहित लाखौं नेता कार्यकर्ताले जोगाइदिएको पार्टी र मदन भण्डारीले देखेका साम्यवाद उन्मुख लोकतान्त्रिक समाजवाद को यो यात्रामा निश्चितै पुर्णविराम लाग्ने देखिन्छ ।सर्वहारा बर्गको नेतृत्व गर्ने नेपालका कम्युनिष्ट नेताहरु आज आलिसान महलमा बसेर त्यही गरिब र निमुखा जनताहरु माथि शासनको कोर्रा हान्छन!

क.मदन भण्डारी भन्नुहुन्थ्यो “आदरणीय जनसमुदाय यो कुनै ठूलो कुरा हैन ,एक जना राजा रहने कुराले त्यत्रो ठूलो आपत्ती रहदैन । तर सामन्तवाद, दलाल-पुँजीवाद, साम्राज्यवादको शोषण रहिरह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितीमा कुनै परिवर्तन आउँदैन ।”हो आज बिल्कुलै त्यही भएको छ राजतन्त्र त ढल्यो तर त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेन र थुप्रै छोटेराजाहरुले लोकतन्त्र को नाममा आजपनि राज गरिराखेकै छन र आज सम्म पनि हाम्रो स्थितिमा कुनै आमुल परिवर्तन आउन सकेको छैन।

 

नेपाली कम्युनिष्ट आन्दोलनको त्यो बलियो जगमा जननेता मदन भण्डारीको पहलमा संयुक्त बाम मोर्चाको एकीकरण गर्ने प्रयासको फलस्वरूप बि.स २०४७ पुस २२ गते नेकपा (माले)र नेकपा मार्क्सवादी बिच एकता भइ निर्माण भएको पार्टी नेकपा (एमाले )लाई अनुशासित र गतिशील बनाउदै भोलि पनि मुलुक को नेतृत्वदायी शक्तिको रुपमा स्थापित गराउन सक्नु नै नेपाली कम्युनिष्ट इतिहासको न्याय गर्नु हो।

तत्कालीन अवस्थामा नेकपा (एमाले )भित्र देखिएको अस्वस्थ,गुटगत र विभाजनकारी मतभेद को अन्त्य गर्दै बैचारिक ,साङठानिक,सैद्धान्तिक र भावनात्मक रूपमा एकताबद्द बनेर के.पि शर्मा ओलि नेतृत्वको सरकारले देखेको रास्ट्रिय आकाङ्क्षा “सुखी नेपाली ,समृद्ध नेपाल “को नारालाई सार्थक तुल्याउन हरसंभव ले प्रयास गर्नु नै जननेता स्व.मदन कुमार भण्डारी प्रति सम्मान गर्नु हो।

civil hospital
Hams Hospitals