प्रधानमन्त्रीको शपथ विरुद्ध परेकाे रिटमाथि आज सुनुवाइ हुँदै

2.3K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनवाइ हुँदैछ ।

प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै सर्वोच्चमा रिट परेको हो ।

बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ गैरसंवैधानिक भएको भन्दै तत्काल प्रधानमन्त्री ओलीलाई काम कारबाही गर्न नदिन र पुनः सपथ ग्रहण गराएर मात्रै काम गर्न दिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार रिट दर्ता गरेका थिए ।

संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सपथ संघीय कानुन बनाएर मात्रै सपथ ग्रहण गराई काम गराउन रिटमा माग गरिएको छ । प्रधानमन्त्री ओलीले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि सपथ थप विवादित बनेको हाे ।

विभिन्न कानुनविदहरुले यसलाई राष्ट्र प्रमुख र सरकार प्रमुखबाट संविधानप्रतिकाे अपमान भन्दै कडा टिप्पणी गरेका छन् । साथै पुनः सपथ ग्रहण गर्नुपर्ने माग गर्दै आएका छन् ।

civil hospital
Hams Hospitals