जेठ ९ गते संसद अधिवेशन बोलाउन सिफारिश, प्रधानमन्त्रीले विश्वासको मत नलिने

1K
shares

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको छ।

बिहिबारको क्याबिनेट बैठकले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

मन्त्रिपरिषद्को बैठकले धारा ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनका लागि ‘विकल्प खुला गर्ने’ निर्णय समेत गरेको छ।

अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। अब विश्वासको मत नलिने र संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने दिशामा अघि बढ्ने निर्णय भएको ती मन्त्रीले बताए।

civil hospital
Hams Hospitals