‘गणतन्त्रविरुद्ध रातारात शितल निवासबाट फेरि अर्को षड्यन्त्र’
वि.सं.२०७८ जेठ ७ शुक्रवार
1.3K
shares
shares
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी गरेका छन ।
नेता शर्माले ट्वीटरमार्फत शीतलनिवासबाट गणतन्त्रविरूद्ध अर्काे षड्यन्त्र भएकाे टिप्पणी गरेका हुन ।
ट्वीटमा शर्माले लेखेका छन, ‘राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र ।’
मन्त्रिपरिषदकाे निर्णयबमाेजिम भन्दै बिहीवार राती राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थियो ।
राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।
— Janardan Sharma (@JSPrabhakar) May 20, 2021


























