वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ :डा. भट्टराई
वि.सं.२०७८ जेठ ७ शुक्रवार
2K
shares
shares
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् ।
‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीट गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।
संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ ।


























