ओलीले राष्ट्रपतिलाई बुझाए १५३ सांसदको हस्ताक्षर र देउवासँग १४९ मात्र!
वि.सं.२०७८ जेठ ७ शुक्रवार
2.3K
shares
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग बहुमत साँसद रहेको राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी गरेका छन्।
विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुग्नु अघिनै ओलीले १५३ सांसदको हस्ताक्षर लिएर राष्ट्रप्तिकोमा पुगेका हुन।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले प्रधानमन्त्री ओलीले फेरि पनि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको जानकारी दिए।
एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार रिमालले बताएका छन्।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।


























