देउवाको पक्षमा उभिने सांसदको हस्ताक्षरलाई मान्यता नदिन एमालेको पत्र

1.2K
shares

काठमाडौं । प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने २६ जना आफ्ना सांसदलाई कारवाही गर्न नेकपा एमालेले राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ।

एमालेको माधव नेपाल पक्षीय सांसदहरुले देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना एमालेले राष्ट्रपति कार्यालय पठाएको हो ।

उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाइएको हो । साथै देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन माग गरिएको छ ।

civil hospital
Hams Hospitals