सापकोटाकाे पहलमा चाैतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने
वि.सं.२०७८ जेठ ८ शनिवार
shares
सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।
कोभिड १९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि चौतारा अस्पतालको माग अनुसार स्वास्थ्य र अर्थ मन्त्रालयसँगको समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गर्नु भएको हो ।
दुबै मन्त्रालयमा पत्राचार एवं समन्वय गरि प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जनाएको छ ।
जिल्ला अस्पताल चौतारा र जिल्लाका अरु स्वास्थ्य संस्थाहरुमा अक्सिजनको चरम अभाव भएपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएको भन्दै स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो
। जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल २ हजार एन्टिजेन किट र विरामीका लागि अक्सिन उपलब्ध गराउन माग गरेको थियो । जिल्लाबाट भएको सोहि पत्राचारका आधारमा सभामुख सापकोटाले स्वास्थ्य र अर्थ मन्त्रालयमा पत्राचार र समन्वय गरेपछि यो प्रक्रिया अघि बढेको हो ।
अबको केहि सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्त रुप लिने सभामुखको सचिवालयले स्पष्ट गरेको छ । शान्ति प्रक्रियामा आएपछि २०६४ साल, २०७० साल र २०७४ सालमा लगातार सिन्धुपाल्चोबाट पत्यक्ष निर्वाचित सापकोटा हाल संघीय संसद प्रतिनिधि सभाको नेतृत्व तहमा सभामुखका रुपमा रहुन भएको छ ।


























