विप्लवको प्रस्ताव : जनमतसंग्रहको घोषणा गरौं, संयुक्त सरकार बनाऔं

2.1K
shares

काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक र मंसिरका लागि मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाली राजनीतिक तरंगित भएको छ।

विपक्षीदलहरुले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको कदम असंवैधानिक र संविधान नष्ट गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।

संसद विघटनपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले भने अब व्यवस्थाको नै विकल्व खोज्नुपर्ने बताएको छ।

हाल केपी सरकार मात्र नभएको यो व्यवस्था नै असफल भएको भन्दै नेकपाले अब जनमतसंग्रहको घोषणा गर्न माग गरेको ।छ

वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनमतसंग्रह गर्नुपर्ने र त्यसका लागि संयुक्त सरकार गठन हुनुपर्ने विप्लवले माग गरेका हुन।

संयुक्त सरकारमा आफ्नो पार्टी पनि सशर्त सहभागी हुन तयार रहेको विप्लवले बताएका छन्।

‘राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ, त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले शनिबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘जनमतसङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ।’

civil hospital
Hams Hospitals