आज देखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक लाखसम्म जरिबाना र उल्लङ्घन गरे एक वर्ष कैद

1.3K
shares

कोरोनाभाइरस नियन्त्रणका लागु प्रतिबन्धात्मक व्यवस्था उल्लङ्घन गर्ने व्यक्तिलाई अब एक लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने भएको छ।

काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमै जरिबाना तोकिएको बताए।

आदेश उल्लङ्घन गरेमा प्रमुख जिल्ला अधिकारीले व्यक्तिको हकमा एक लाख रुपैयाँसम्म र संस्थाको हकमा पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था अध्यादेशमा छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले सोमवार सोसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।

काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा अझै कम्तीमा एक हप्ता थप गर्ने छलफल गर्न लागेको पनि उनले बताएका छन्।

कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि, कसरी जोगिने

‘नेपालमा कोरोनाभाइरसको नयाँ प्रकार फेला पर्‍यो’: स्वास्थ्य मन्त्रालय

कुन कुरा उल्लङ्घन गरे कति जरिबाना?

सार्वजनिक सूचना अनुसार अध्यादेश बमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

अध्यादेश अनुसारका मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने बताइएको छ।

बिनाअनुमति चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।

जरिबानाको हकमा भने अध्यादेशमा निम्न कुरा समेटिएका छन्:

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ,

आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ,

अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी भए दुई हजार र अन्य सवारी भए पाँच हजार रुपैयाँ।

त्यस्तै अध्यादेश विपरीतको काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्ने बताइएको छ।

निषेधाज्ञा थपिन्छ?

काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा अझै कम्तीमा एक हप्ता थप गर्ने विषयमा छलफल गर्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जनाएको छ।

कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको अवधि पटकपटक थप गरी जेठ १३ गतेसम्म कायम गरिएको छ।

पराजुली भन्छन्, “सङ्क्रमण घटिसकेको छैन त्यसकारण अहिलेलाई एक हप्ता थप्नुपर्छ कि भन्ने छ।”

“भोलि हामी बसेर के गर्ने भन्ने बारे छलफल गर्छौँ।”

सङ्क्रमितको कोरोनाभाइरस नेगेटिभ नतिजा जरुरी छ?

कोरोनाभाइरस खोपको न्यायोचित वितरणमा उठेका प्रश्न

अबको निषेधाज्ञामा बिहानीपखको हिँडडुल घटाउने सोचिरहेको उनले जानकारी दिए।

केही समयअघि मात्रै बिहान ९ बजेसम्म पसल तथा केहीसेवा सुविधाहरू खुला राख्दा समय अपुग भएको भन्दै उपत्यकाका तीन जिल्लामा १० बजेसम्म समय थप गरिएको थियो।

तर त्यो समयमा मानिसहरूको भिडभाड बढेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले ठहर गरेका छन्।

“नागरिकको अनुशासन र स्वास्थ्य मापदण्ड पालना गर्ने, आज किनेपछि भोलि जान्न भन्ने मनस्थिति हाम्रोमा छैन,” पराजुलीले भने।

“सचेत नागरिक त निस्किनु भएको छैन। तर आममानिस ‘खुलेकै छ जाऊँ घुमेर आउँ वा हरियो केही पाइन्छ कि’ भन्ने मनस्थिति छ।”

केही समयलाई बजार पूर्ण रूपमा बन्द गर्ने वा समयावधि छोट्ट्याउने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए।

विविसी

civil hospital
Hams Hospitals