नेपाल लाइफको मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक

Ghorahi cement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीको समयलाई मध्यनजर गर्दै सचेतनामुलक भिडियो तयार पारेको छ । कम्पनीले सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भन्ने सन्देश सहितको भिडियो सामाग्री तयार पारेको हो ।

भिडियोको निर्देशक तथा योजनाकार नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी रहेका छन् । स्वर तथा शब्द भने कुमार कटुवाल, संगित संयोजन पुस्कर महतोले गरेका छन् ।

पछिल्लो समय दैनिक ८/९ हजार जना कोरोनाबाट संक्रमित भैरहेका छन् । साथै कोरोनाले दैनिक एक सय भन्दा धेरैको ज्यान लिइरहेको छ । संक्रमितको संख्या सँग मृत्युदर पनि बढ्न थाले पछि सरकारले संक्रमणदर घटाउन लकडाउन तथा निषेधाज्ञा गर्दै आइरहेको छ । यस भिडियोले अहिलेको वास्तविक दृश्यलाई भिडियोमा कैद गरेको छ । भिडियो मार्फत अहिलेको महामारीको विरुद्धमा सबै जनालाई सँग सँगै लड्न आह्वान गरिएको छ ।

 

लडौ सँग सँगै

स्वस्थ बनि अघि बढौ हामी सँग सँगै

सबको पिडा उस्तै उस्तै देश साथमा छ

बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ

सबैको पिडा उस्तै उस्तै देश साथमा छ

बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ

बाचौ सँग सँगै बचाऔ सँग सँगै

नाच्दै गाउदै रमाउला भोलि सँग सँगै

(सचेत बनौ करोना बिरुद्धको लडाइ घरमै बसेर लडौ )

Shangri-la Development Bank Ltd.
Nepali patro