मिलानका प्रशिक्षक कोन्टेले २ वर्षपछि इन्टर छाडे

1.3K
shares

एजेन्सी। इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले २ वर्षपछि इन्टर छाडेका छन् । क्लबमा दुईबर्ष मुख्य प्रशिक्षककाे जिम्मेवारी सम्हालेका काेन्टेले केहि साता अघि क्लब छाेडेका हुन् ।

 

केहि दिन अघि मात्र क्लबलाई ११ बर्षपछि २ सिरी ए को उपाधि जिताएका थिए ।

५१ वर्षीय कोन्टेले इन्टरमा प्रशिक्षकका रुपमा दुई वर्ष बिताए । उनको सम्झौताको अन्तिम वर्ष बाँकी रहेको बेला आपसी समझदारीमा उनले इन्टर छाडेका हुन् ।

 

इन्टरले बुधबार स्टेटमेन्ट जारी गर्दै आपसी समझदारीमा कोन्टेको सम्झौता टुङ्गयाएको र कोन्टेलाई राम्रो काम गरेकोमा आभार व्यक्त गरेको छ ।

 

प्रिमियर लिग क्लब चेल्सीबाट बर्खास्तमा परेपछि कोन्टे इन्टरको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अबकाे काेन्टेकाे यात्रा कता रहने छ, भन्ने खुलाइएकाे छैन् ।

civil hospital
Hams Hospitals