सरकारले वृद्धभत्ता पुन बढाएको छ
वि.सं.२०७८ जेठ १५ शनिवार
1.2K
shares
shares
शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेका हुन्।
साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो।
यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाएको छ।
ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए। यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए।
हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ। वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो।



























