कोरोना खोपका लागि मात्रै २६ अर्ब छुट्टाएको छु : अर्थमन्त्री पौडेल
वि.सं.२०७८ जेठ १५ शनिवार
1.3K
shares
shares
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरिएको बताएका छन।
शनिबार आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित रहेको, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने बताए।
अर्थमन्त्री पौडेलले सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँडै निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट पारे।
जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन।



























