आईपीएलका बाँकी खेल युएईमा हुने

1.3K
shares

काेभिड नियन्त्रणका लागि स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेलहरु युएईमा आयोजना हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आज बसेको विशेष साधारण सभा (एसजीएम) ले आईपीएलका बाँकी ३१ खेलहरु युएईमा आयोजना गर्ने निर्णय गरेकाे छ ।

 

बोर्डका उपाध्यक्ष राजीव शुक्लाले यस समाचारको पुष्टि गरेका हुन् । बोर्डले सेप्टेम्बर–अक्टुबर विन्डोमा प्रतियोगिता आयोजना गर्ने बिषयमा अध्ययन गरिरहेको छ ।

बीसीसीआईले आईपीएल २०२१ का बाँकी खेलहरु युएईको अबुधाबी, शारजाह र दुबईका ३ मैदानमा खेलाईने समेत जनाएको छ ।

 

आईपीएलका बाँकी ३१ खेलहरू युएईमा १८ वा १९ सेप्टेम्बरदेखि ९ वा १० अक्टुबरसम्म खेलाउने तयारीमा रहेको छ ।

civil hospital
Hams Hospitals