च्याम्पियन लिगकाे महाभिडन्त:आज म्यान्चेस्टर सिटी र चेल्सी भिड्दै

1.5K
shares

एजेन्सी।युइएफए च्याम्पियन लिग अन्तर्गत यस सिजन २०२०/२१ को अन्तिम खेल अथात् फाइनल खेल आज राति हुदैछ।

प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र लण्डन क्लब चेल्सी आज फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट पाेर्चुगलकाे पाेटाेमा हुनेछ ।

 

यस सिजनको प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दैछ। यस अर्थमा पनि सिटिका लागि खेल महत्वपूर्ण हुनेछ ।

 

त्यस्तै यता चेल्सी पनि सिटीलाई पराजित गदै उपाधि जित्ने लक्ष्यमा रहेको छ । हालसम्म चेल्सीले एक पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । उसले सन् २०११/१२ को सिजनमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै उपाधि जितेको थियो । उक्त फाइनलमा चेल्सीले पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरको जित निकाल्दै पहिलो पटक बिजेता बनेको थियो ।

 

त्यस्तै यता पहिलो पटक च्याम्पियन लिगको उपाधिको खोजिमा रहेको सिटीका प्रशिक्षक ग्वार्डियोला भने आज चौथो उपाधिको खोजीमा हुनेछन् । उनले यस अघि स्पेनिस क्लब बार्सिलोनाबाट सन् २००८/०९ र २०१०/११ मा गरि २ दुई पटक प्रशिक्षकको रुपमा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । भने उनले बार्सिलोनाको जर्सीमा सन् १९९१/९२ मा पहिलो पटक खेलाडीको रुपमा च्याम्पियन लिगको उपाधि उचालेका थिए ।

civil hospital
Hams Hospitals