विश्वकप कप छनाेट खेलकाे तयारीमा रहेकाे नेपाल इराकसँग पराजित
वि.सं.२०७८ जेठ १६ आइतवार
1.4K
shares
shares
सन २०२३ मा हुने एसियन कप छनोट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो हार ब्यहोरेको छ।
गयराति सम्पन्न खेलमा नेपाल इराकसँग ६-२ गाेल अन्तर पराजित भएकाे हाे । पहिलो हाफमा ४-२ गोलले अग्रता बनाएको इराकले खेलकाे दोस्रो हाफमा थप २ गोल गर्याे ।

इराकको घरेलु मैदान बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले २ गोल गरे ।
कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले १/१ गोल थपे । यता नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।
त्यस्तै नेपाल अब विश्वकप छनाेट खेलका लागि त्यहाँबाट कुवेत जाने छ।






























