च्याम्पियन लिगकाे महाभिडन्तमा लिगकाे उपाधि चेल्सीलाई

1.7K
shares

च्याम्पियन लिगमा गयराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले लिग उपाधि जितेको छ । खेलमा चेल्सीका लागि काऐ हाभार्टको निर्णायक गोल गरेका हुन् ।

म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपियन च्याम्पियन लिगको उपाधि जितेको छ ।

२०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन लिग उपाधि जितेको थियो । त्यसपछि चेल्सीले अहिलेसम्म तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दा दोस्रो पटक उपाधि जितेको हो ।

त्यस्तै इतिहासमा नै पहिलो पटक फाइनल पुगेको सिटीलाई भने इतिहास रच्ने सुनाैलाे माैका थियाे,तर उपविजेतामै सिमित रहन पुग्याे।

खेलको ४३औ मिनेटमा काई हाभार्टले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीले खेलमा १-० काे अग्रता बनाएकाे थियाे। त्यसपछि खेलमा दुवै टाेलीबाट गाेल हुन्,सकेन । उक्त गाेल नै निर्णायक बन्दा चेल्सी च्याम्पियन बनेकाे हाे।

दुई फरक क्लबबाट लगातार दोस्रो पटक फाइनल पुग्दा प्रशिक्षक थोमस टुचेलले पहिलो पटक च्याम्पियन्स लिग जितेका छन् । गत सिजन पेरिस सेन्ट जर्मेनको प्रशिक्षक हुँदा उनको टिम फाइनलमा बायर्न म्युनिखसंग पराजित भएको थियो ।

civil hospital
Hams Hospitals