सिधासादा मतदातालाई ललिपप बाँडेकाे जस्तो बजेट : बाबुराम भट्टराई
वि.सं.२०७८ जेठ १६ आइतवार
shares
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाल सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई शनिवार राती ट्विटर मार्फत ललिपपको उपमा दिएका छन् ।
बजेटलाई एमालेको चुनावी घोषणा पत्र भन्दै भट्टराईले सिधा सादा मतदातालाई नहुने चुनावको लागी ललिपप बाडेको आरोप लगाएका छन् । यस्तो छ उनको टिप्पणी ।
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 29, 2021



























