खोपका लागि सहयोग गरिदिन रुसी राष्ट्रपति पुटिनलाई राष्ट्रपति भण्डारीको पत्र

1.2K
shares

काठमाडौं । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना खोप खरिदका लागि विभिन्न देशका राष्ट्रप्रमुखसँग सँग आग्रह गरेकी छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपति भण्डारीले टेलिफोनवार्ता नै गरेकी थिइन्। लगत्तै चीनले नेपाललाई कोरोना खोप उपलब्ध गराउँने घोषणा नै गर्यो। यस्तै, राष्ट्रपति भण्डारीले खोपका लागि अमेरिकी राष्ट्पति जो बाइडेनसँग पनि आग्रह गरेकी छिन्।

पछिल्लो पटक खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पत्र शुक्रबार नै दूतावासलाई उपलब्ध गराइएको छ।

civil hospital
Hams Hospitals