फिफा विश्वकप तथा एएफसी एसिया कप छनोट खेलको प्रत्यक्ष प्रशारण नेपालकै टेलिभिजनले गर्ने
वि.सं.२०७८ जेठ १८ मंगलवार
1.7K
shares
shares
काठमाडौँ।फिफा विश्वकप तथा एएफसी एसिया कप छनोट अन्तर्गत नेपालले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएकाे छ। नेपालले द्राेसाे चरण तीन खेल खेल्दैछ।
पहिलाे खेल जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।
यी सबै खेलकाे प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजन बिच सम्झौता भएको छ।
एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरू हुनेछ।
प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चार हार र एक जित निकालेको छ।





























