युराेकपका लागि इटालीले गर्याे टाेलीकाे घाेषणा
वि.सं.२०७८ जेठ १९ बुधवार
shares
काठमाडौं । यही जुन ११ देखि सुरु हुने युरोकप २०२१ का लागि इटलीको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीले मंगलबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
युरोकपमा लागि जुन १ सम्म सहभागी टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्ने नियम अनुसार इटलीले पनि अन्तिम टोली घोषणा गरेको हो ।
युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपको विभिन्न ११ देशमा आयोजना हुँदैछ ।
इटलीको २६ सदस्यीय टोली
गोलकिपर : जियानलुजी डोनारुम्बु, एलेक्स मेरेट, साल्भाटोरी सिरिगु
डिफेण्डर : फ्रानसेस्को असेर्ब, अलेसान्द्रो बास्तोनी, लियोनार्दो बोनुची, जर्जिओ किलिएनी, जिओभानी डि लरेन्जो, एमरसन, अलेसान्द्रो फ्लोरेन्जी, लियोनार्दो स्पिनाजोला, राफाएल टोलोई
मिडफिल्डर : निकोलो बरेला, ब्राएन क्रिस्टान्टे, जर्जिन्हो, मानुएल लोकाटेली, लरेन्जो पेलेग्रिनी, स्टेफानो सेन्सी, मार्को भेराट्टी
फरवार्ड : आन्द्रे बेलोट्टी, डोमेनिको बेरार्डी, फेडेरिको बर्नार्डेसी, फेडेरिको चिएसा, सिरो इम्मोबाइल, लरेन्जो इनसिग्ने, गिएकमो रास्पाडोरी




























