कार्लाे एन्सेलोटी दाेस्राे पटक म्याड्रिडकाे प्रशिक्षकमा नियुक्त

1.2K
shares

एजेन्सी।इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी दाेस्राे पटक रियल म्याड्रिडकाे प्रशिक्षक रुपमा नियुक्त भएका छन्।

६१ वर्षीय एन्सेलोटी सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। उनको प्रशिक्षणमा रियलले ११९ खेल खेल्दा ८९ खेलमा जित हात पारेको थियो।

भर्खरै मात्रा रियलका प्रशिक्षक जिनेदिन जिदानले  पदबाट राजीनामा दिएका थिए। उनले रियलको प्रशिक्षक बन्न इंग्लिस प्रिमियर लिग क्लब एभर्टनको प्रशिक्षक त्यागेका छन्।

उनी १८ महिनाअघि एभर्टनको प्रशिक्षक नियुक्त भएका थिए। उनले रियल म्याड्रिडसँग तीन वर्षको सम्झौता गरेका छन्।

 

civil hospital
Hams Hospitals