सलाम छ स्वास्थ्य कर्मी (भिडियो सहित)

काठमाडौ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं सर्जक डा.भोला रिजालले स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणमा समेत पर्नुभएका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्त गीत सार्वजनिक गर्नुभएको हो ।

 

‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्’ उहाँले भन्नुभयो, ‘यस्तो बेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ । त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेको हुन ।’

Shangri-la Development Bank Ltd.
Nepali patro