नेपालको सानदार जित

12.4K
shares
Nabil bank

काठमाडौं ।आज सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईमाथि सहज जित निकालेको छ । राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलको जित निकालेको हो ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

नेपालका लागि दोस्रो गोल बैकल्पीक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले गरे । उनले खेलको ८१ औं मिनेटमा समन अर्यालले दिएको पासमा गोल गर्दै टिमलाई २–० गोलको जित निकाले ।

जितसँगै नेपालले विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । योसँगै नेपालको विश्वकप छनोटमा आफ्नो गणितिय सम्भावना भने कायम राखेको छ । यता जित निकाल्दै नेपालले एसिया कपका लागि आफूलाई बलियो बनाउने मौका पाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x