नेपाल, स्कटल्यान्ड र नामिबियाबिचकाे त्रिकोणात्मक सिरिज स्पेनमा हुने
वि.सं.२०७८ जेठ २३ आइतवार
1.2K
shares
shares
काठमाडौं। नेपाल, स्कटल्यान्ड र नामिबियाबिच हुने त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएकाे छ। यी खेलहरु आईसिसी विश्वकप लिग-२ का खेलहरु हुन् ।
यसअघि स्कटल्यान्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेन गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन् ।
त्यस्तै ‘जुलाई तेस्रो साता स्पेनमा हुने लगभग निश्चित भएकाे छ, र त्यहाँकाे प्रशासन र स्थानीय सरकारसँग स्वीकृत लिन् बाँकी छ। सम्भवतः याे चाँडै नै हुनेछ, क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भीषा प्रकृया र तयारी कहाँ हुने भन्ने मात्र बाँकी छ । भोली (सोमबार) सम्म सबै टुङ्गो लाग्छ चन्दले भने ।






























