नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै
वि.सं.२०७८ जेठ २४ सोमवार
1.5K
shares
shares
काठमाडौँ । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
सो खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन्।
चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।
अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।






























