जाेर्डनसँग नेपाल पराजित

1K
shares

काठमाण्डौ । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनौट अन्तर्गतको दोश्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जावेर एल अहमद अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनको जितमा बाहा फैजल सेफले दुई गोल गरे भने इब्राहिम मोहमद सामीले एक गाेल गरे ।

हारसँगै नेपालको विश्वकप पुग्ने बाटो समाप्त भएकाे छ, भने अष्ट्रेलियासँग हुने अर्काे खेलमा जित निकाले एशियन कपको छनौटको तेश्रो चरण पुग्ने सम्भावना भने जिवितै रहने छ।

खेलमा नेपाल सामु जाेर्डनले उत्कृष्ट खेल प्रदर्शन गरेकाे थियाे । एकपछि अर्काे उत्कृष्ट प्रहार कप्तान,तथा गाेलकिपर किरण चेम्जोङले बचाए पनि नेपालले हार टार्न सकेन् ।

नेपालले अब प्रतियोगिताको अन्तिम खेल शुक्रबार जुन ११ मा निक्कै बलियो अष्ट्रेलियासँग खेल्नेछ ।

civil hospital
Hams Hospitals