१४औँ सिजनको आईपीएलका बाँकी खेलकाे मिति सार्वजनिक
वि.सं.२०७८ जेठ २७ बिहीवार
1.2K
shares
shares
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १४औँ सिजनको आईपीएलका बाँकी म्याचकाे मिति सार्वजनिक गरेको छ ।
आईपीएल २०२१ का बाँकी म्याच १९ सेप्टेम्बरदेखि १५ अक्टोबारसम्म हुनेछन् । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले १९ सेप्टेम्बरदेखि आईपीएलका बाँकी म्याच यूएईमा हुने बताएका हुन् ।
शुक्लाले बताए अनुसार आईपीएलका बाँकी म्याच १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म यूएईका विभिन्न मैदानमा हुने बताए । यस अघि भारतमा काेराेना संक्रमण तीव्र रुपमा फैलिएको खेल अनिश्चितकालीन रुपमा बन्द गरिएका थियाे ।






























