मैत्रीपूर्ण खेलमा पाेर्चुगलकाे फराकिलो जित
वि.सं.२०७८ जेठ २७ बिहीवार
2K
shares
shares
एजेन्सी। युरोकप अघिको मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले इजरायल माथि फराकिलो जित निकालेको छ।
बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक एक गोल गरे।
खेलको ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो । युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आगामी मंगलबार हङ्गेरीसँग खेल्नेछ ।































