एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियासँग नेपालले आज प्रतिष्पर्धा गर्दै

Ghorahi cement

काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा ९:४५ बाट सुरु हुनेछ। एसियाली फुटबलको पावरहाउसकाे रुपमा रहेकाे अष्ट्रेलिया बलियो टिमकाे रुपमा रहेकाे छ। त्यसकारण पनि नेपालका लागि याे खेल सहज भने पक्कै हुनेछैन् ।

तरपनि नेपालकाे लक्ष्य भनेकाे जित नै‌ रहनेछ,”खेल हाम्रो लागि निकै कठिन हुनेछ,तर‌पनि हाम्रो लक्ष्य भनेकाे जित नै हुनेछ” प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताए ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

कुवेतमा जारी छनोटमा नेपालले चाईनिज ताईपेलाई २-० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियाे।

हेड टु हेड 

नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो ।

अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार व्यहोरेको थियो।क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो ।

शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो भेट हुनेछ ।

Nepali patro