काठमाडौं।युरोकप २०२० अन्तर्गत दोस्रो दिन आज तीन खेल हुँदैछ।आज समूह ए अन्तर्गत एक र समूह बी का दुई खेल हुनेछन्।
समूह ए अन्तर्गत वेल्स र स्वीट्जरल्याण्ड बीच खेल हुनेछ, खेल अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
अर्को खेल डेनमार्क र फिनल्याण्डबीच हुनेछ। खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ। यो खले डेनमार्को घरेलु मैदान कोपनहेगमा हुनेछ । डेनमार्क सन् १९९२ को च्याम्पियन हो, भने फिनल्याण्डले पहिलो पटक युरोकप खेल्दैछ ।
बलियो देश बेल्जियम र रसियाबीचको खेल राती १२:४५ बजे हुनेछ, खेल रसियाबीचको घरेलु मैदान सेन्ट पिटर्सवर्गमा हुनेछ । बेल्जियमका लागि मुख्य खेलाडी मैदान बहिर रहनेछन्,केहि खेलाडी चाेटग्रस्त छन् ।