युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेल्दा स्लोभाकियासँग पोल्याण्ड पराजित
वि.सं.२०७८ असार १ मंगलवार
13.2K
shares
shares
एजेन्सी । युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेल्दा स्लोभाकियासँग पोल्याण्ड पराजित भएको छ ।
गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

खेल बराबरीमा सकिएसँगै समूह इ मा रहेको स्पेन दोस्रो स्थानमा तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ । खेलमा थुप्रै गाेलका अवसर सिर्जना भएपनि गाेल हुन् सकेन्।
गएराति भएको अर्को खेलमा स्लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । युरो कप फुटबलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

समूह इ मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ, भने पुछारमा रहेको पोल्याण्डले अङ्क जोड्न सकेको छैन ।
Subscribe
0 Comments
Oldest
































