नयाँ विश्व वरियतामा नेपालको वरियतामा सुुुुधार
वि.सं.२०७८ असार १ मंगलवार
31K
shares
shares
काठमाडौँ। फिफाले सार्वजनिक गर्ने नयाँ विश्व वरियतामा नेपालको वरियतामा थप सुुुुधार भएकाे देखिएको छ।
यो सँगै नेपाल विश्व वरियताको १ सय ६८ औं स्थानमा उक्लिएको छ।
फिफाले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल तीन स्थान माथि उक्लिँदा छिमेकी राष्ट्र भारत दक्षिण एसियाली राष्ट्रहरूमा पहिलाे स्थानमा रहेकाे छ।
यसअघि नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियताको शिर्ष स्थानमा बेल्जियम ब्राजिल दोस्रो तथा तेस्रो स्थानमा फ्रान्स रहेको छ ।
Subscribe
0 Comments
Oldest
































