अस्ट्रियालाई पराजित गर्दै इटाली क्वाटर फाइनलमा

11K
shares
Nabil bank

अस्ट्रियालाई पराजित गर्दै इटाली जारी युरो कपको अन्तिम आठमा पुगेको छ । शनिवार राती भएको खेलमा अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा पुगेको हो ।

 

इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरेका थिए भने अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए का थिए ।

 

कडा र रोचक प्रतिस्पर्धा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो भने अस्ट्रियाले एक गोल फर्काउन सफल भयो ।

 

यससँगै इटाली क्वाटर फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ भने अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x