एम्बाप्पे पेनाल्टीमा असफल, स्वीटजरल्याण्डको क्वाटरफाइनलमा प्रवेश

13.5K
shares
Nabil bank

काठमाडौँ । स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। गएराती सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टीसुट आउटमा पराजित गर्दै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमले ३-३ गोल गरेपछि थपिएको अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्ड ५-४ ले विजयी भएको थियो । फ्रान्सका किलियन एम्बाप्पेले पेनाल्टी मिस गरेपछि स्वीटजरल्याण्डले खेल जितेको हाे ।

यसअघि ९० मिनेटको खेलमा फ्रान्सका करिम बेन्जमाले २ गोल गरेका थिए भने पाउल पोग्वाले एक गोल गरेका थिए । त्यस्तै स्वीट्जरल्याण्डका लागि हारिस सेफेरोभिकले दुई गोल गरेका थिए भने मारो गाभ्रानोभिकले एक गोल गरेका थिए ।

अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डले स्पेनको सामना गर्ने छ । योसँगै अहिलेसम्म स्वीट्जरल्याण्डसहित इटाली, स्पेन, बेल्जियम, डेनमार्क र चेक रिपब्लिक यस युरोकपको क्वाटरफाइनलमा पुगेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x