युराे कप विजेताकाे पुरस्कार राशी कत्ति?
वि.सं.२०७८ असार २३ बुधवार
shares
एजेन्सी। युराेकपका बिजेताले कति पुरस्कार हात पार्छन् भन्ने बारे सबैकाे चासाे हुन सक्छ। आज हामी युराेकपका बिजेताले प्राप्त गर्ने पुरस्कारहरूमध्ये नगद पुरस्कार जानकारी दिनेछाैँ।
युरोकपको पुरस्कार राशी ३ करोड ७० लाख युरो बराबर रहेको छ । यो ५ अर्ब २२ कराेड नेपाली रुपैयाँ हुन आउँछ ।
युराेकप २०२० का विजेताले १ अर्ब ४१ करोड नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ९८ कराेड नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुगेको टोलीले ७० करोड नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पुगेको टोलीले ४५ करोड ८५ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् ।
अन्तिम १६ मा पुगेको टोलीले २८ करोड २२ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । समूह चरणकाे प्रत्येक जीतमा २१ करोड १६ नेपाली रूपैयाँ प्राप्त गर्नेछन् । समूह चरणमा बराबरी हुनेले १० करोड ५८ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन् ।
































