इङ्गल्याण्ड डेनमार्कलाई हराउँदै पहिलाे पटक युराेकपकाे फाइनलमा प्रवेश
वि.सं.२०७८ असार २४ बिहीवार
11K
shares
shares
एजेन्सी। जारी १६औं संस्करणमा डेनमार्कलाई हराउँदै इङ्गल्याण्ड पहिलाे पटक युराेकपकाे फाइनलमा प्रवेश गरेकाे छ।
गयराति सम्पन्न खेलमा इङ्गल्याण्डले डेनमार्कमथि २-१ गाेल अन्तरकाे जित निकालेको हाे ।

इङ्गल्याण्डका लागि १४औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे।
त्यस्तै खेलको १०२औं मिनटमा डेनमार्कका जोकिम माहिलले रहिम स्टर्लिङ्गमाथि डि बक्समा फाउल ट्याक्लिङ्ग गर्दा इङ्गल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीमा केनको असफल भएपनि रिबाउण्डमा केनले नै गोल गर्दै इङ्गल्याण्डलाई जित दिलाएका थिए ।

जितसँगै फाइनल पुगेको इङ्गल्याण्डले आईतबार राति पौने एक बजेबाट शुरु हुने १६औं संस्करणको फाइनलमा इटालिको सामना गर्नेछ ।

Subscribe
0 Comments
Oldest
































