असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप

11.4K
shares
Nabil bank

काठमाडौं । दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार तेस्रो साता मात्रै निक्षेप संकलन ४७ अर्बले वृद्धि भएर कुल निक्षेप ४० खर्ब ४६ अर्ब पुगेको छ । प्रायः असार मसान्त नजिकिएसँगै सरकारको भुक्तानी बैंकिङ प्रणालीमा आउने भएकाले पनि निक्षेप संकलन ह्वात्तै बढ्ने गरेको छ।

गत वैशाख १६ यता मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएपछि निक्षेप संकलनमा पनि उतारचढाव आएको पाइन्छ । असार पहिलो सातापछि निषेधाज्ञा केही खुकुलो बनाउन थालेकाले अर्थतन्त्र पुनः चलायमान हुन थालेको र बैंकिङ प्रणालीमा पनि निक्षेप संकलन बढ्न गएको बैंकरहरूको भनाइ छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको असार पहिलो साता निक्षेप वृद्धि शून्य थियो । तर, दोस्रो साता ८ अर्बले थपिएर कुल निक्षेप ३९ खर्ब ९९ अर्ब पुगेको थियो ।

पछिल्लो समयको वृद्धिको तुलनामा यसअघिका २ महीनाको मासिक निक्षेप वृद्धि कम देखियो । जेठ महीनामा ३६ अर्बले मात्रै निक्षेप थपिँदा कुल निक्षेप ३९ खर्ब ९१ अर्ब पुगेको थियो । गत वैशाखमा ११ अर्बले निक्षेप वृद्धि भएको थियो ।

यसअघि निषेधाज्ञाका बीच पनि प्रक्रियामा रहेका कर्जाले गर्दा कर्जा प्रवाह बढिरहेको थियो । तर, निक्षेप संकलन भने अपेक्षाअनुसार नभएको गुनासो बैंकरहरूले गरेका थिए । तर, असार महीनामा भने निक्षेप वृद्धिले गति लिन थालेको छ ।

आर्थिक अभियान दैनिकबाट साभार ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x