राेनाल्डाेले आगामी सिजनमा युभेन्टस छाड्न सक्ने : स्पेनिस मिडिया

12.2K
shares
Nabil bank

एजेन्सी। आगामी सिजनमा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो राेनाल्डाेले क्लब युभेन्टस छाेड्न सक्ने समाचार स्पेनिस मिडियाले प्रकाशन गरेका छन्।

यसले विश्वभरिका प्रशंसकहरू र पत्रकारहरूको ध्यान आकर्षण गरेको छ।

“युभेन्टसमा राेनाल्डाेकाे भविष्यका बारेमा बिभिन्न रिपोर्टहरू आइपुगेका छन। एक वर्ष राेनाल्डाेकाे करारमा बाँकी रहेको छ,भन्ने ३६ बर्षे उमेरको भविष्य छिट्टै नै युभेन्टसबाट टाढा हुन सक्छ” । फुट मार्काेट ।

त्यस्तै राेनाल्डाे पिएसजीमा जान सक्नेछन्। पिएसजीमा रियल म्याड्रिडमा रहँदाका रामोस र साथी पूर्व मैड्रिडिस्टा, नाभास, एन्जेल डि मारियाको रहेका छन् , जसले राेनाल्डाेलाई पिएसजी तिर ध्यान जान सक्छ ।

रोनाल्डो हाल छुट्टीमा छन् र यस चरणमा आफ्नो भविष्य निर्धारण गर्न कुनै हतारमा छैनन्।

“बरु, उनी नयाँ युभेन्टसका मालिक मसिमिलोआनो एलेग्रीले उनको बारेमा के भन्छन् भनेर हेर्न पर्खिन चाहान्छन् , किनकि कुनै ठोस सम्झौता भैसकेको छैन – यद्यपि रोनाल्डोका एजेन्ट जर्जमेन्डिस उनीहरुसँग आउने दिनमा भेट गर्न सक्दछन्।” स्पेनिस मिडिया

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x