घडि कहाँ झुनडाउने?

8.4K
shares

काठमाडौ । घरको दक्षिण दिशामा घडी राख्दा प्रगति सुस्त हुन्छ र घरमूलीको स्वास्थ्यमा पनि असर पुर्याउँछ । ढोकामा घडी राख्नुलाई पनि उचित मानिदैन । ढोकामाथि घडी राखिएको छ भने भित्र–बाहिर गर्दा ऋणात्मक शक्तिको प्रभाव पर्न सक्छ जसले विभिन्न समस्या जन्माउन सक्छ ।

घडी बिग्रेर काम गर्न छाडेको छ भने त्यस्तो घडी घरमा राख्नु हुँदैन । नचल्ने घडीले घरमा धनात्मक शक्ति कम गराउँछ । घरमा राखिएको घडीमा धुलो जमेको छ भने त्यसले पनि धनात्मक शक्ति कम गराउँछ।

सिरानीभन्दा मुनिको भागमा घडी राख्नुलाई उपयुक्त मानिँदैन । सिरानीभन्दा तल घडी राखेर सुत्ने मानिसको स्वभाव र विचारमा ऋणात्मक असर पर्ने वास्तुविद् बताउँछन् ।

घडी पश्चिम दिशाको भित्तामा झुन्ड्याउनु शुभ मानिन्छ । यसबाट परिवारका सदस्यलाई नयाँनयाँ अवसर प्राप्त हुने विश्वास गरिन्छ । यसैगरी उत्तर दिशाको भित्तामा घडी झुन्ड्याउँदा अनावश्यक खर्च हुनबाट जोगिन्छ ।

समयभन्दा छिटो वा ढिलो बनाइएको घडी पनि उपयुक्त मानिदैन । त्यसैले घडीले सही समय देखाउनु ठीक हुन्छ ।

सुन्तला, कालो र गाढा निलो रङको घडी घर वा पसलमा झुन्ड्याउनुलाई वास्तु शास्त्र उपयुक्त मान्दैन । यस्तो रङको घडीले ऋणात्मक शक्ति बढाउँछ ।

civil hospital
Hams Hospitals