पहिलो पटक युरोकपकाे फाइनलमा पुगेको इंग्ल्यान्ड इटालीसँग पराजित

14.4K
shares
Nabil bank

एजेन्सी । इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोपेली च्याम्पियनसिप २०२० (युरोकप)को उपाधि उचालेको छ।

आईतबार राती लन्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेलमा घरेलु टाेली माथि इटालीले जित निकालेको हाे । खेलमा इटालीले टाइब्रेकर मार्फत ३-२ गाेल अन्तरले इंग्ल्याण्डलाई हराएको हाे ।

त्यस्तै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इंग्ल्यान्डले खेलको दोस्रो मिनेटमै ल्यूक शॉको गोल मार्फत सुरुवाती अग्रता बनाएकाे थियाे। तर इटालीका लागि खेलको ६७ औं मिनेट लियोनार्डो बोनुचीले बराबरी गोल फर्काउँदै खेल १-१ काे बराबरी गरे। त्यसपछि खेलमा दुवै टाेलीबाट कुनै गाेल नहुँदा खेल टाइब्रेकर तिर धकेलिएको थियो।

इटालीका लागि डोमेनिको बेरार्डिक ,लियोनार्डो बोनुची र फेडेरिको बर्नार्डेस्चीको प्रहार गोल गरे। एंड्रिया बेलोटी र जोर्गिनहोको प्रहार भने असफल हुन् पुगेको थियो ।

इंग्ल्यान्डका लागि दुई खेलाडी ह्यारी केन हैरी र मैगुइर मार्कस गोलमा गरे। मार्कस रैशफोर्ड, जादोन सान्चो र बुकायो साकाको प्रहार भने असफल हुन् पुग्यो ।

यो सँगै इटाली दोस्रो पटक युरोकपको च्याम्पियन भएकाे छ। यसअघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । भने इंग्ल्यान्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x