राष्ट्रपति र प्रधानमन्त्री देउवाको फोटो जोडेर टिकटक बनाउने युवक पक्राउ
वि.सं.२०७८ साउन १० आइतवार
1.3K
shares
shares
काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री शेरबहादुरद देउवाको फोटो दुरुपयोग गरी टिकटक बनाउने व्यक्ती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको मेचिनगर ६ का सोम प्रसाद घिमिरे छन्। उनले फोटो दुरुपयोग गर्दै ट्रोल बनाएका थिए।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर व्युरोका सूचना अधिकारी एसएसपी नवीन्द्र अर्यालले जानकारी दिएका छन्।
पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।





























