ईपीएलमा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले सहभागिता जनाउने
वि.सं.२०७८ साउन ११ सोमवार
18.4K
shares
shares
काठमाडौँ।एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले सहभागिता जनाउने भएका छन्।
आउँदो असोजमा आयोजना हुने ईपीएलमा अफ्रिदी काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्।
यस बारे काठमाडौंले सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अफ्रिदीलाई टिमको आईकोनिक प्लेअरको रुपमा सार्वजनिक गरेको हो ।
ईपीएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। काेभिडका कारण गत बर्ष ईपीएल स्थगित भएको थियो ।
Subscribe
0 Comments
Oldest
































