पूर्व कप्तान खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा
वि.सं.२०७८ साउन १९ मंगलवार
14.2K
shares
shares
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
खड्काले समर्थक तथा सरोकारवालालाई सम्बोधन गर्दै सामाजिक संजालमार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन्।
खड्काले आफ्नो क्रिकेट यात्रामा साथ समर्थन,माया र हौसला प्रदान गर्ने प्रशिक्षक,खेलाडी साथीहरु,प्रशंसकहरु,सरोकारवाला, मिडियाकर्मी,परिवार र साथीहरु प्रती सदैभ ऋणि रहकाे सन्देश पत्रमा उल्लेख गरेका छन्।
लामो समय नेपाली क्रिकेटमा कप्तानकाे भुमिका निर्वाह गरेका खड्काले १० एकदिवसीय,३३ टी- ट्वान्टी अन्तर्राष्ट्रिय ,४४ प्रथम श्रेणिको क्रिकेट खेले।
उनको नेतृत्वमा नेपालले पहिलो पटक बग्लादेशमा टी- ट्वान्टी विश्वकप समेत खेलेको थियो ।

Subscribe
0 Comments
Oldest
































