मेस्सीकाे बार्सिलोनासँगकाे यात्रा टुंगियो, अब उनकाे यात्रा कता ?

13.2K
shares
Nabil bank

एजेन्सी ।अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने भएका छन् ।

यसअघि बार्सिलोनाले मेस्सी बार्सिलोनामा रहने बताइएको थियाे। तर बिहीबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले बार्सिलोनाला छाड्ने भएको जानकारी गराएको हो ।

मेस्सीले बार्सासँगकाे सम्झौता अवधि सकिएपछि क्लब छाेड्न लागेका हुन्। बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत पनि भएको थियो । तर, ला लिगाको नियम अनुसार अनुबन्धन सफल हुन नसकको बार्सिलोनो जनाएको छ ।

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने प्रयास भएपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ। मेस्सीको पारिश्रम बढि भएकाे तथा काेभिडबाट क्लब अर्थिक संकटमा रहकाले पनि सम्झाैता सफल हुन् नसकेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको र आफ्नो तलब ५० प्रतिशत कम गरेर क्लबसँग नयाँ करार गर्ने बताइएको थियो ।

बार्सिलोनासँगको यात्रा टुङ्गिएसँगै मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने हल्ला  चलेको छ। पीएसजीले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x