एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे अभ्यास थालनी
वि.सं.२०७८ साउन २२ शुक्रवार
shares
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल,अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेकाे छ।
सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने प्रतियोगिताका लागि नेपालले अभ्यास थालेकाे हाे।
यस अघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
जसमा गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् ।
राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए, भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण गरेका छन।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन्। घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ।
नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
































